JANAMATPOST.COM :: NEWS FOR ALL

नेपाल पहिलाे अर्गानिक देश ? बुझाैं, सिकाैं र केही गराैं, सुधार किन नगर्ने ?

मदन राई

नेपालमा भैंसीकाे संख्या करीब ५२ लाख देखिन्छ (कृषि तथ्याङक) । एक भैंसीले प्रतिदिन ररदर (सानाेठूलाे) १२ लिटर पिसाब र ६ किलाे गाेबर निकाल्छ । ४० किलाे घाँसदाना र १०० लिटर पानी चाहिन्छ बयस्कलाइ । एक बर्षमा ५२ लाखभैंसीले करीब २ कराेड टन पिसाब र १ कराेड टन गाेबर मल तयार हुन्छ ।  प्रति हेक्टर २० टनकाे दरले मल हाल्दा १५ लाख हेक्टर जमीनलाइ मल पूग्दछ ।

नेपालमा खेती गरीने जमीन ३० लाख हेक्टर हाराहारी हाे । भैंसीलेमात्र अाधा जमीनलाइ मल दिन सक्छ भने  ७३ लाख गाइ, १ कराेड बाख्रा, १२ लाख बंगुर, ७ कराेड खुखुराकाे मल जाेड्दा भैंसीकाे दाेब्बर हुन सक्छ । यसमा करीब ६० लाख हेक्टर जमीनमा निस्कने साेत्तर, पतकर, र पशुपंछीजन्य बिकार बाट थप २ कराेड टन मल तयार हुन सक्छ जसबाट १० लाख हेक्टर जमीनलाइ शुद्ध मल प्राप्त हुन सक्छ ।

करीब २ कराेड ८० लाख नेपालीकाे बर्षदिनकाे पिसाब १ कराेड टन (दिनकाे सरदर १ लिटर), दिसा २५ लाख टन (२५० ग्राम सरदर) र पसिना (लुगा धुएकाे पानी) २० लाख टन बाटमात्र करीब ७ लाख हेक्टर जमीनलाइ मल पुग्छ ।

तर माथिका सबै मलकाे ९० प्रतिसत श्राेत पानीमा बगेर खाेल्सी, खाेला, नदी प्रदुषित गर्दै बंगालकाे खाडी पुगेर समुद्रकाे सन्तुलन बिगार्दैछ । साथै हवाकाे सन्तुलन तथा अाेजाेन तहकाे बिगार पनिअत्याधिक गर्दै अाएकाेछ । मानिसलाइ दीर्घकाल धरापमा पारी रहेकाेछ ।

बुझाैं, सिकाैं र केही गराैं । सुधार किन नगर्ने ?

(लेखक: कृषि बिशेषयज्ञ हुन्)

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *