JANAMATPOST.COM :: NEWS FOR ALL

सलमान खानले मनाए ५२ औँ जन्मदिन, शाहरुख र आमिरको शुभकामना

दिल्ली । बलिउडका सुपर स्टार सलमान खानले बुधबार आफ्नो ५२ औँ जन्मदिन मनाएका छन् । सलमानको जन्म सन् १९६५ डिसेम्बर २७ मा भारतको मध्य प्रदेशमा भएको हो । आफ्ना नजिकका साथीभाइ तथा परिवारका साथमा सलमानले पानवेल फार्म हाउसमा जन्मदिन मनाएका छन् ।

यसैबिच कुनै समयमा एक अर्काको अगाडि पर्न नै नचाहने शाहरुख खानले पनि सलमानलाई जन्मदिनको शुभकामना दिएका छन् । अहिले सलमान र शाहरुख बिचको सम्बन्ध सुमधुर बनेको छ । एक कार्यक्रममा पत्रकारहरु माझ शाहरुखले सलमानलाई हजारौँ वर्ष बाँचिरहनु भन्दै गीत गाएर शुभकामना दिएका हुन् । उनले आफू आफ्ना बच्चाहरुसँग टाढा रहेकाले सलमानलाई भेटेर शुभकामना दिन नसकेको कुरा पनि बताए ।

अहिले ठग्स अफ हिन्दुस्तानको सुटिङमा रहेका आमिर खान पनि ट्वीटर मार्फत सलमानलाई जन्मदिनको शुभकामना दिएका छन् । आमिरले सलमानको फिल्म ‘टाईगर जिन्दा है’ ले कीर्तिमानी व्यापार गरेको प्रति बधाई पनि दिएका छन् ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *