JANAMATPOST.COM :: NEWS FOR ALL

नेपालले बिकासको गति कहिले बढाउने

हिमाल र पहाडले ८३% भूभाग ढाकेको हाम्रो देश, नेपालमा पहिलोपटक टीबीएम (टनेल बोरिंग मसिन) अर्थात सुरुंग खन्ने मिसिन भित्रिएको कुरा सुन्दा अलिकति खुसी पनि लाग्यो । हाम्रो राजनैतिक नेतृत्वप्रति घोर आक्रोश पनि जाग्यो । डेढ सय बर्ष अगाडी प्रयोगमा ल्याइएको टीबीएम नेपालमा बल्ल भित्रिदैछ भने प्रविधिको प्रयोगमा हामी बाँकी विश्व भन्दा कति पछाडी रहेछौँ भनेर यसैबाट सहजै अनुमान लगाउन सक्छौँ ।

२०० बर्ष अगाडी अविष्कार भएको रेल आजपनि हाम्रो सपनामै सिमित छ । उच्च गतीको रेल प्रविधि विकास र विस्तारमा हाम्रो छिमेकी चीनले आकाश छाेइसक्दा हामी भने खाल्डाखुल्डीले भरिएका राजधानीका सडकमा धुलो खाँदै बसिरहेका छौँ । त्यहि पल्लोपट्टीको मेलम्चीको पानी दुई-दुई दशक वितिसक्दा पनि काठमान्डौं झार्न सकेका छैनौँ|नेपालमा निजी कम्पनीले केवलकार भित्र्याएको दुई दशक भइसक्दा पनि आजसम्म सिंहदरबारले हिमाली र पहाडी भेगमा राेपवे बिस्तारको एउटा योजना पनि बनाउन सकेको छैन। नेताहरुले हावाबाट बिजुली निकाल्ने कुरा त गर्छन् तर wind-mill को एउटा blade मुस्ताङ पुर्याउन मिल्ने बाटो छैन । विदेशीले बनाइदिएका सडकहरुको मर्मत सम्भार,स्तरोन्नति हुन नसक्दा आजसम्म हजारौँले ज्यान गुमाइसके ।

यो सबै हाम्रो राजनैतिक नेतृत्वको अकर्मण्यता,अदुरदर्शिता र असक्षमता बाहेक अरु केहि होइन|हो ,हाम्रो industrial/technological base एकदमै कमजोर छ तर हामीसँग पुँजी नै नभएको होइन । विकसित देशहरुले Research and Development(R&D) मा GDPको ३% सम्म खर्च गरिरहदा हामीले R&Dमा मुस्किलले हाम्रो कुल GDP को ०.३ % मात्रै खर्च गरिरहेका छौँ।

Brexit पश्चात भर्खरै मात्र ब्रिटेनले आफ्नो औद्योगिक उत्पादनमा ह्रास आउन नदिन R&D को बजेट ह्वात्तै बढायो । भर्खरै भारतले जापानसँग bullet train बिस्तार गर्ने सम्झौतामा हस्ताक्षर गर्यो । प्रविधि हस्तान्तरणको यो सानो खुड्किलोसँगै लेखेर राख्नुहोस् भारतले अबका केही दशकमा रेल क्रान्ति गर्नेछ । 

विज्ञान र प्रविधिको विकास, प्रयोग र बिस्तार बिना विकासको गति धिमो हुन्छ तर यदि नेतृत्वमा भिजन र दह्रो इच्छाशक्ति छ भने संसारमा विकास भएका पछिल्ला प्रविधि भित्र्याएर भएपनि विकासका गतिविधिलाई गति दिन सकिन्छ तर खै?

चीनमा एउटा कहावत छ -‘यदि तिमी धनी हुन चाहन्छौ भने पहिला बाटो बनाऊ|’नेपाल जस्तो पहाडी देशमा physical connectivityको लागि सुरुङमार्गहरुको नेटवर्क बिस्तार गर्न एकदमै अपरिहार्य छ|झन्डै ५०,००० मेगावाट जलविधुत उत्पादनको क्षमता त छंदै छ,तेस्को लागि पनि ठुलाठुला tunnel हरु निर्माण गर्नुपर्ने हुन्छ|यति लेख्दै गर्दा हामीले दुई दशक अगाडि नै TBM भित्र्याउन सकेको भए आज राजधानीवासी मेलम्चीको पानीले सडक पखाल्दै हुन्थे होला भन्ने लाग्यो तर कस्तो विडम्बना ।

(यो लेख सामाजिक संजालबाट लिएको हो ।)

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *