JANAMATPOST.COM :: NEWS FOR ALL

चितवनको खिचरा महोत्सवमा घोङ्घी र चिचरको पोकाको विशाल मूर्ति प्रदर्शनी हुने

चितवन । पूर्वी चितवनको खैरहनी­५, जबकौली गौचरनमा पुस २८ देखि माघ ८ सम्म आयोजना हुने पाँचौ खिचरा महोत्सव २०७४ को महोत्सव परिसरमा घोङ्घी र चिचरको विशाल मूर्ति प्रदर्शनी हुँदैछ । उक्त मुर्ति काठमाडौंको ललितकला क्याम्पसमा मास्टर डिग्रीमा अध्ययनरत चितवनकै दिनेश्वर महतोले बनाउँदैछन् । महोत्सव परिसरमा रहने स्टलहरुमा दिनेश्वरको विभिन्न मूर्तिकला र चित्रकलाको प्रदर्शनी पनि राखिने छ । उक्त स्टलमा दर्शकहरुले आकर्षक फेसपेन्टको सुविधा समेत लिन सक्नेछन् ।

घोङ्घी र चिचर थारु समुदायले खाने स्वादिष्ट र स्वास्थ्यवद्र्धक खानाका परिकार हुन् । जाडोमा चिचर खाएमा शरीर न्यानो भई जाडो भगाउँछ । नियमित घोङ्घी खाएमा विभिन्न जटिल रोग समेत निको हुने थारु समुदायका गुरौ वा वैद्यले बताउँछन् । दर्शकहरुलाई ख्यातिप्राप्त कलाकारहरुबाट भरपुर मनोरञ्जन प्रदान गर्दै थारु खाना र थारु सँस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि आयोजना हुँदै आएको खिचरा महोत्सव यसवर्ष ११ दिन गर्न लागेको कुरा महोत्सव मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले बताए ।

महोत्सवमा आएका दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिनका लागि ख्यातिप्राप्त गायक कलाकारहरुमा प्रमोद खरेल, शिव परियार, ज्योति मगर, पशुपति शर्मा, मिलन लामा, संजय चौधरी, मिलन अमात्य, मनोज महतो, सुरेश लामा, अन्नु चौधरी, कमल खत्री, अञ्जु कुश्मी, भुवन प्यासी, रमेशराज भट्टराई , दया सिवाकाेटी लगायत थुप्रै कलाकारहरु खिचरामा आउने पक्का भएको कुरा साँस्कृतिक कार्यक्रम संयोजक जयश चौधरीले बताए ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *