JANAMATPOST.COM :: NEWS FOR ALL

पुनर्निर्माणको काम सुस्त गतिमा, कहिले बन्छन् भौतिक संरचना (भिडियो सहित)

https://www.youtube.com/watch?v=8hy5qu5lnas

ओम महतो, काठमाडौँ । २०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पले नेपालमा ठुलो धनजनको क्षति हुन पुगेको थियो । भूकम्पले धेरै जनाको मृत्यु हुनाको साथै भौतिक संरचना क्षति भएका थिए । विशेषगरी पहाडी क्षेत्रमा मानबिय तथा भौतिक संरचनामा क्षति भएको थियो । १२ गतेको भूकम्प पश्चात कैयौं दिन मानिसहरु घरबाहिरै बास बसेका थिए भने सरकारी संरचनामा क्षति हुँदा कार्यालयहरु बन्द गरिएका थिए भने कतिपय कार्यालयमा पाल टाँगेर बाहिरै सेवा दिएको थियो ।

भनिन्छ दशा बाजा बजाएर आउँदैन तर त्यसको बारेमा जानकारी लिन सकिन्छ । भूकम्प जाँदा त्यस्तै भएको थियो नेपालमा भूकम्पको जोखिम मानिएको राजधानी लगायत पहाडी र हिमाली जिल्लाका मानिसहरुले भूकम्पको बारेमा बिभिन्न तालिम नलिएका होंनन तर के गर्ने जब समस्या आउंछ तब बुद्धि आउछ भने जस्तै भूकम्पले धेरै कुरा सिकाएता पनि अझै व्यवहारमा उतार्न गार्हो छ ।

पुनर्निमाणको काम जुन गतिमा अगाडि बढ्नुपर्ने थियो त्यो गतिमा बढ्न सकिराखेको छैन । भूकम्प पश्चात दुई बर्ष ९ महिनाको अन्तरालमा भौतिक संरचना निर्माणका काम सुस्त गतिमा भैराखेका छन् ।

पुनर्निर्माण बारेमा एक्सेस मिडिया प्रा. लि. ले तयार परेको भिडियो रिपोर्ट सहितका सामग्री, क्यामरामा प्रेम बहादुर थापाको साथमा ।

 

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *