JANAMATPOST.COM :: NEWS FOR ALL

सुमन राईको तिमी भन्दा….. , आधुनिक गीत सार्वजनिक

ललितपुर । सुमन राईको छैठौ एल्बम बिन्दासको छैठौ गीत एक कार्यक्रमका बीच आज बिमोचन   भएको छ ।   बिमोचन  कार्यक्रम ललितपुरको कुपन्डोलमा   भएको  हो ।

एल्बममा सात वटा गीत समावेस गरिएको , र त्यस मध्ये आज बिमोचन छैठौ गीत ‘ तिमी भन्दा….. ,       बिन्दास एल्बमलाई बैसाखमा बिमोचन गर्ने    गायक तथा संगितकार सुमन राईले दिगोसंचार लाई बताए   ।

सबै विधाका गीत समावेस गरिएको सो एल्बममा फरक फरक गीतकारहरु  रहेका छन् । यस एल्बममा सात वटा गीत रहेकोमा छ वटा गीतको म्युजिक भिडियो युटुब र्माफत सार्बजनिक भई सकेको छ भने   यस मध्येका चार वटा गीतको निर्देशन तथा छायाँकन जीबी लामाले गरेका हुन् ।

यसै मध्यको  ‘ पर्खि बस्नु सोल्टिनी…….,लाई बिज्ञान राना मगरले निर्देशन गरेका छन् । भने यसै एल्बमको छैठौ गीत ‘तिमी भन्दा…….., बोलको म्यूजिक भिडीयो सम्पादन तथा निर्देशन अनील कुमार महर्जनले गरेका हुन् । ,महर्जनले यस गीतलाई फरक तरिकाबाट प्रस्तुत गरेका छन् । भीडीयो सुरु भएपछी दर्शकलाई सकिएको  थाहानै हुदैन ।

गायक तथा संगीतकार सुमन राईको   उत्क्रस्ट निर्देशन र सम्पादन   रहेकोमा   गायक तथा संगीत सुमन राई, गीतकार  सीताराम खड्का, संगीत संमयोजन  कुमार थापा, प्रमुख कलाकारमा   अनिस मगर, रोहानी लामा  साथै रविन गहतराज, मुकेश राई, पृथ्बी बान्तावा राई, रहेका छन्  ।

संगीतकार सुमन राईले दुई सय भन्दा बढी गीतमा संगीत भरेका  छन्  साथै एक सय पचास भन्दा बढी गीतमा स्वर दिईसकेका छन्  । उनको   बिन्दास एल्बमलाई जेनेक्स मिडिया प्रा. लि. ले यहि २०७५ सालको बैसाखमा बिमोचन गर्ने    लक्ष्य रहेको   यस एल्बममा  ‘हाम्रो प्रिति फुलाउने….., आमा…. रुप तिम्रो……, पर्खि बस्नु   सोल्टीनी……,  निष्ठुरीलाई मनमा राख्नु……,सबै भिडीयो बजारमा सार्वजनीक भईसकेका छन् र आज बिमोचन गरीएको गीत  ‘ तिमी भन्दाको…… म्यूजिक भिडीयो पनि सार्वजनीक भएको हो   ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *