JANAMATPOST.COM :: NEWS FOR ALL

त्रिबेणी धाममा माघे संक्रान्तीकाे मेला

संजय कुशवाहा / सहबान अंसारी । 

त्रिबेणी । नवलपरासीकाे त्रिबेणी धाममा माघे अौसीको (संकरान्ती) मेला साेमबारदेखि शुरू भएको छ । जिल्लाको बिनयी त्रिबेणी गाऊपालिका वडा नं.६ त्रिबेणी धाममा हिन्दु मान्यता अनुसार विशेषगरि माघे अौसीको दिन धाम स्थित नारायणी नदिमा इसनास पश्चात सुर्यको अराधना गरि त्यहा निर्माण गरिएको शिव मन्दिरमा पुजा गरेपछि हरेक मनोकामना पुरा हुने बिश्वास रहदै अाएकाे छ ।

ऐतिहासिक एव पर्यटकिय क्षेत्रकाे रूपमा चिनिने त्रिवेणी धाममा मेला लागने गरेको छ । त्रिवेणी धाममा नारायणी नदि, सोन भद्र नदि र पुर्ण भद्र नदिको संगम स्थल भएको हुदाँ त्रिबेणी धाममा माघे औशीको मेला हरेक बर्ष लाग्ने गरेको छ । अौसी मेलामा नेपाल, विहार, भारतको उत्तर प्रदेश बाट लाखौ श्रधालु भक्तजनहरु आउने गरेका छन । मेलामा श्रधालु भक्तजनहरुलाई सरल, सुलभ र भभ्य बनाउनका लागी मेलामा करिब तिन सय पचाँस सुर‌क्षा कर्मी परिचालन गरिएको छ ।

साथै १४ वटा उप समिति ७५ जना स्वयम् सेवक, ४ ठाउँमा निशुल्क स्वास्थ्य शिविर, ११ वटा सार्वजनिक शौचालय,एक एेम्बुलेन्स, सशस्त्र प्रहरी बल बाट ९ सदस्यीय रेस्क्यु टिम, पानीको सतह स्थिर राख्नका लागी गण्डक ब्यारेज सित सम्झौता लगायत आउने भक्तजनहरुको लागी सुबिधाको लागी ब्वस्था गरिएको छ ।

औशी मेला ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष एवम् विनई त्रिवेणी गाउपालिका वडा न ६ का वडा अध्यक्ष पृतम बहादुर गुरूङले बताए ।  त्रिवेणी औशी मेलाकाे भरमणा अवलोकनका लागी करिब ४ लाख श्रधालु भक्तजनहरु मेलामा आउने गुरूङले दावी गरे ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *