JANAMATPOST.COM :: NEWS FOR ALL

दुबईमा नेपालीको लगानीमा फाइन एग्रो फूड्स स्टफ ट्रेडिंग संचालन

अनुराग महतो, दुबई । दुबईमा नेपालीको लगानीमा फाइन एग्रो फूड्स स्टफ ट्रेडिंग संचालन आएको छ । नवलपरासी घर भई रोजगारीको लागि दुबई पुग्नुभएका युवा व्यवसायी मान महतोले मिठाई तथा साजसज्जाका बस्तुहरुको बिक्रि वितरण सुरु गरेका हुन् ।

रोजगारीको लागि २००५ मा दुबई लेबर भिसामा  पुगेका युवा व्यवशायी  मान महतोले १३ बर्ष  पछि आफ्नै लगानीमा दुबईको प्रख्यात शहर बरदुबईमा फाइन एग्रो फूड्स स्टफ ट्रेडिंग संचालनमा ल्याएका हुन् ।

महतोले  फाइन एग्रो फूड्स स्टफ ट्रेडिंगमा  ड्राई नट्स , ड्राई फ्रुटस , विभिन्न प्रकारका चकलेटहरू, मसलाको साथै  गिफ्ट बास्केटहरू किन्न सकिने जनमतपोष्टलाई जानकारी दिनुभयो ।

 

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *