JANAMATPOST.COM :: NEWS FOR ALL

पुल्चोकदेखि गोंगुबुसम्म

लेखक : ओम महतो

ओम महतो

झन्डै ४ बज्नै लागेको थियो म पुल्चोकमा गोंगुबु जाने भन्दै साझा बसको पर्खाईमा थिए । सार्वजनिक सवारीमा कमै चढ्ने म, अलिक मन अमिलो बन्दै थियो । साझा बस काठमाडौँमा गुडेको लामै समय भएता पनि चढ्ने मौका मिलेको थिएन, त्यसैले होला मन अमिलो हुँदाहुँदै अलि छट्पटीलो बनेको थियो । बारम्बार टाउको बंग्याएर कतिखेर बस आउने हो र गन्तव्यमा पुगौला भन्ने कुरा मनमा खेलिरह्यो । त्यतिकैमा एक जना बिद्यार्थी जस्तै देखिने २०, २१ बर्षको युवा म नजिकै आयो र उसले भन्यो “यहाँ त साझाले रोक्दैन….. अलि पर हिमालयन बैंक नजिकै बस स्टप छ त्यहि मात्रै रोक्छ, यहाँ त अरु गाडी मात्रै रोक्छन्…..” मैले मनमनै होला नि भन्दै त्यतै तिर लम्किने मनस्थिति बनाए र झन्डै ५ मिनेटको दुरीमा रहेको बस स्टप पुगे ।

बारम्बार कतिखेर बस आउला र गन्तव्यमा पुगौला भन्ने कुरा मनमा खेलिराखेको थियो र मेरो आँखा र टाउकोको हर्कत पनि त्यस्तै… केहि मिनेटको पर्खाइमा हरियो रंगको ठुलो बस टाढै देखा पर्यो … मनमनै मैले टेलिभिजन र समाचारमा भनेको जस्तै होला नि सिट बाहेकका यात्रु नबोक्ने होला सजिलै होला नि ……..बस अगाडि रोक्यो र ओर्लिने र चड्ने मान्छेमा तछाडमछाड सुरु भयो … सायद सार्वजनिक बिदाको दिन सवारी कम पाइने भएर होला भन्ने मनमा लाग्यो तर त्यसो होइन रहेछ, लगनखेलबाट गोंगुबु सम्मको यात्रा गर्ने सवारी साझा मात्र रहेछ ।

म पनि अरु यात्रु संगै बस भित्र प्रवेश गरे र आँखा चारैतिर दुलाए कतैपनि बस्ने ठाउँ देख्न सकिएन । यात्रुहरु सिटभन्दा त धेरै दुई हातले डन्ठी समातेका थिए, झन्डै महिलाको सिटमा महिला, जेष्ठ नागरिकको सिटमा जेस्ठ नागरिक बसेका थिए …… मनमनै मैले टेलिभिजनमा देखेको र समाचारमा पढेको समाचार गलत छापेका रहेछन भन्ने लाग्यो र मा पनि दुई हाथले समात्न मिल्ने डंथी समाते । गाडी अगाडि बढ्यो ….. मनमा उकुसमुकुस कतिखेर गन्तव्यमा पुगौला ।

केहि समयको अन्तरालमा कुपन्डोल बस स्टप आउन लाग्दै गर्दा पुनः बस भित्रै रस्साकस्सी सुरु भयो यात्री बीच …… गाडी रोकियो झर्ने र चढ्ने यात्रीको क्रम रोकियो गाडी अगाडि बढ्यो । महिला सिट एउटा खाली रहेको थियो त्यतिकैमा एक जना बिद्यार्थी जस्तो देखिने युवाले सिट कब्जामा लियो .. मैले त्यो दृश्य आफ्नै आँखाले देखे मनले मानेन ” भाई उ हेर त त्यहाँ के लेखेको छ” उसले जवाफ फर्कायो के हुन्छ त ” अलिक पिटाैला जस्तै गरेर मैले फेरी भने ” भाई सिट खाली गरौ” यतिकैमा अगाडिबाट आवाज आयो ” महिलाको सिटमा नबसौं ” आवाज दिने सह चालक रहेछन । त्यति भनेपछि त्यो युवा उठ्न बाध्य भयो र मुर्मुरिदै उठ्यो । म संगै उभिएकी अधबैसे  महिलाले सिटमा आसनग्रहण गरिन । युवाको स्वर रोकिएन मलाई बारम्बार शब्दले पिटीराखेको थियो… झर्केर के भो, किन हो भनिराखेको थियो । त्यसपछि त झन् आफ्नो ६/७ जना साथीलाई अगाडि बोलायो । मलाई कताकता यिनीहरुले कुट्ने त होइन ? कुतिहालेमा म प्रतिबाद गर्छु त्यति सकिएन भने यो बस जहाँपायो रोक्न दिन्न कुन ठाउँमा प्रहरी चौकी छ त्यहाँ मात्रै रोक्न दिन्छु भन्दै मनमा कुरा खेलिरह्रो । गाडी झ्याप रोकियो त्रिपुरेश्वर बस स्टप पुगिएको रहेछ ।

चढ्ने र ओर्लिने क्रम रोकियो बसमा यात्रुको संख्या धेरै भयो, बस भित्र उकुसमुकुस भयो । मेरो छेउको सिट खाली भएको रहेछ पत्तै पाइएनछ, भारतीय पर्यटन दुई जना महिला रहेका छन्, छोरी सिटमा बसेकी रहिछन् आमा म संगै उभिएकी थिइन् । पछि म संगै उभिएकी युवतीले हिन्दीमा “आप इन्डियासे हे ” भनेर सोध्दा ति अधबैसे महिलाले “ह” मात्रै जवाफ फर्काइन । मेरो आँखा बारम्बार बस भित्रको संरचनामा गइरहेको थियो, समात्ने डंथी, बाहिर निस्किने अरु ठाउं, टिभी, ड्राइभर, आगो निभाउने मसिन लगायतमा ……. मनमनै राम्रै व्यवस्था रहेछ सबै सार्वजनिक बसमा यस्तै भए कति राम्रो हो तर सिट भन्दा यात्रु धेरै बोक्नु राम्रो होइन मनमा खेलिरह्रो । यतिकैमा अगाडिबाट स्वर आयो “अब रत्नपार्क झर्ने आगाडी आउनुस्” उनको हातमा ४ किसिमको रंग भएको टिकट थियो झर्ने यात्रुलाई टिकट कतिलाई दिने गरेको देखियो भने कतिलाई दिएको देखिएन ।

फेरी नियमित प्रक्रिया झर्ने र चड्ने क्रम जारी रह्यो ति महिलाको सिटमा बस्ने युवाहरु ओर्लिए अलिक मन शान्त भयो । अरु यात्री संगै एक जना सामान बोकेको मान्छे पनि बसमा प्रवेश गर्यो र मा नजिकै सामान राख्यो । मेरो छेउको सिट खाली भएको रहेछ बसे केहि मनले राहत पाएको जस्तो अनुभूति भयो । गाडी अगाडि बढ्यो ……. मैले एक जना युवालाई सोधे “साझामा सधै यस्तै हो ?” उसले जवाफ फर्कायो ” अब लाजिम्पाट गाडी आधी खाली हुन्छ ।” मैले सोधे किन – जवाफ ” ललितपुरबाट धेरै यात्रु यसै बसमा यात्रा गर्ने गर्छन्, यसको विकल्प छैन” मैले भने हो नि अरु बस यतातिर आउदैनन रुट नै छैन होला, होला । यत्रिकैमा लाजिम्पाट पुगियो गाडी रोकियो । नियमित प्रक्रिया चलिरह्यो त्यो युवा सहित धेरै जना त्यहि झरे गाडीमा धेरै सिट खाली भयो । मनमनै ……… हो केटाले सत्य कुरा गरेको रहेछ ।

गाडी अगाडि बढ्यो मनमा अनेक कुरा खेलिरह्रो कहिले सवाल, कहिले जवाफ आफैआफैंमा । यात्रु चढ्ने, झर्ने क्रम चलिरह्यो । मेरो गन्तब्य गोंगुबु बसपार्क नजिकै पुग्यो म सिटबाट उठे टिकट कति किसिमको रहेछ हेर्न मन लागिरहेको थियो सह चालकलाई सोध्दै गर्दा गन्तब्य पुग्यो भाडा १५ रुपियाँ दिएँ उसले टिकट मलाई दिएन खै टिकट भन्दै गर्दा गाडी अगाडि बढ्यो ……….

(लेखक: एक्सेस मिडियाका प्रा.लि.का अध्यक्ष हुन् )

 

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *