JANAMATPOST.COM :: NEWS FOR ALL

एनआरएनए युएईद्वारा दूतावासमा रक्तदान, अर्को हप्ता निशुल्क स्वास्थ्य शिविर

युएई । गैर आवसीय नेपाली संघ (एनआरएनए) युएईले आबुधाबीमा रक्तदान कार्यक्रम गरेको छ । स्वास्थ्य शिविर र स्वास्थ्य परिक्षण अभियानको सुरुवातको रुपमा रक्तदान गरिएको हो ।

]एनआरएनलाई कामदार मुखी बनाउने अभियान अन्तर्गत जनवरी महिनालाई स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने महिना घोषणा गरिएको थियो ।

यही अभियान अन्तर्गत शुक्रबार आबुधाबीमा रहेको नेपाली दूतावासमा रक्तदान कार्यक्रम गरिएको हो । अबुधाबीमा रहेको अल अहलिया अस्पतालको प्राविधिक सहयोगमा एनआरएनले आयोजना गरेको कार्यक्रममा ८० पुरुष र २० जना महिलाले रक्तदान गरेका छन् ।

एनआरएन युएई केन्द्र र आबुधाबी क्षेत्रीय समितिको व्यवस्थापनमा दूतावासमा भएको कार्यक्रममा दुतावासका द्वितीय सचिव कृष्ण अर्यालको समेत उपस्थिती रहेको कार्यक्रम संयोजक निर्मलकुमार पोखरेलले जानकारी दिनुभयो ।

एनआरएनले अर्को हप्ता श्रमिकका लागि निशुल्क स्वास्थ्य शिविर गर्दैछ । शिविरमा निशुल्क स्वास्थ्य परिक्षण तथा अस्पतालका नेपाली डाक्टर गोपालमान श्रेष्ठले चेतना मुलक प्रशिक्षण दिने आयोजकले जनाएको छ । शिविरमा सहभागी हुनेहरुका लागि श्रमिक क्याम्प भएका ठाउँहरु मुसाफाको आइकार्ड र चाइना क्याप्म लगायतबाट गाडीको पनि व्यवस्था गरिएको छ ।

यस्तै सोही दिन एनआरएन अलऐन क्षेत्रले पनि अलऐनको अन्नपूर्ण ट्राभलको अगाडि मेडिकेयर हस्पिटलको सहयोगमा स्वास्थ्य शिविर सन्चालन गर्न लागेको अलऐन क्षेत्रीय समितिका अध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभयो ।

संघको चुनावका बेला गरिएको प्रतिबद्धता अनुसार युएईमा कार्यरत सबै नेपालीसम्म पुग्ने अभियान अन्तर्गत एनआरएन युएईले अभियाननै सुरु गरेको महासचिव कृष्ण पौडेलको भनाइ छ ।

आगामी ६ महिनामा विभिन्न कार्यक्रमसहित एनआरएनले अभियान सञ्चालन गरेको संघका प्रवक्ता मनु क्षेत्रीले बताउनुभयो । यो अभियान अन्तर्गत गएको महिना खेलकुद, जनवरी महिनामा स्वास्थ शिविर र स्वास्थ्य परिक्षण, फेब्रुअरीमा चेतनामुलक कार्यक्रम गर्ने तथा मार्च, अप्रिल र मे महिनामा पर्यटन प्रबद्र्धनका साथै नेपालको संस्कृति प्रदर्शन गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

अभियानलाई प्रभावकारी बनाउन संघले पूर्व घोषित कार्यक्रम अनुसार जिम्मेवारी बाँडफाँड गरेको संघका उपाध्यक्ष नेत्र शर्माले बताउनुभयो । शर्माका अनुसार गत वर्ष जस्तै नेपालको सिस्नोपानी समुहसँगको सहकार्यमा एनआरएनए आइसीसीको योजना अन्तर्गत ‘दुई थोपा हाँसो’ अभियान युएईबाट शुरु गरिने भएको छ ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *