JANAMATPOST.COM :: NEWS FOR ALL

आदिवासी जनजाती महासंघ मलेसिया क्षेत्रीय समितिको सम्मेलन हुने

आर.एन. थारु, मलेसिया । जनवरी २८ तारिख आइतबार जोहोरबारु स्थित होटेल बागुसमा आदिवासी जनजाती महासंघ मलेसिया क्षेत्रीय समितिको सम्मेलन हुने भएको छ ।

आदिवासी जनजाती महासंघ मलेसिया क्षेत्रीय समितिका सचीव धिमालको अनुसार अधिबेशन आयोजना गर्नुको मुख्य उदेश्य आदिवासी जनजातीहरुको पहिचान र अस्तित्व प्रवासमा बसेर जोगाउनको निम्ती,छरिएर बसि रहेका जनजातीहरुलाई एकताका सुत्रमा  बाध्नको निम्ती, प्रवासको भुमीबाटै नेपालमा एकल जातिय साशकहरुले ल्याएको अपुरो संविधान संशोधन गराउन दबाब दिनको निम्ती,ओझेलमा पारिएका आदिवासी जनजातीहरुको माग मुद्दा पूरा गराउन दबाबको निम्ती हो र यो अधिबेशन महासंघ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासाको प्रमुख आतिथ्यतामा ,क्षेत्रीय समितिका कार्यबाहक अध्यक्ष गोपाल राना मगरको सभापतित्वमा,नेपालि राजदुतावास मलेसियाको विशेष आतिथ्यता तथा महासंघमा आबद्ध विभिन्न ११ वटा जातिय संघ संस्थाको प्रतिनिधिहरुको आतिथ्यतामा अधिबेशन आयोजना हुने बताउनुभयो।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *