JANAMATPOST.COM :: NEWS FOR ALL

मधेश घटनामा आधारित फिल्म “साढे ७” को ट्रेलर सार्वजनिक

जनमतपोष्ट, काठमाडौँ । तराई, मधेशमा पहिचान, अधिकारको लागि भएको आन्दोलनमा आधारित नेपाली चलचित्र साढे ७ को ट्रेलर सार्वजनिक गरिएको छ ।फिल्म फागुन ११ गते रिलिज हुनेछ।

राजनीतिक आन्दोलन रिपोर्टिङका लागि तराई पुगेको एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्धन्द्धको कथा फिल्ममा रहेको छ । गायक सत्यराज आचार्य फिल्मको मूख्य भूमिकामा रहेका छन् ।

चलचित्र सुनिल थापाको प्रस्तुती तथा साम्तेन भुटियाको निर्देशनमा बनेको छ, सत्यराज आचार्य, मेनुका प्रधान ,शिशिर बाङ्देल र सुप्रिया कट्वालको अभिनय रहेको छ ।

फिल्मको अफिसियल ट्रेलर हेर्नुहोस् ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *