JANAMATPOST.COM :: NEWS FOR ALL

विश्व उपभोक्ता महासंघ नेपालको अध्यक्षमा अमिर खरेल

बनेपा ।  विश्व उपभोक्ता महासंघ नेपालको अध्यक्षमा अमिर खरेल चयन हुनु भएको छ । काभ्रेको बनेपामा बसेको महासंघ नेपालको जिल्ला शाखाको भेलाले खरेल लाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो ।

महासंघका केन्द्रीय सदस्य समेत रहनु भएका खरेल लाई बनेपा मा भएको भेलाले अध्यक्षमा चयन गरेको हो । भेलाले काभ्रेको सबै क्षेत्र को प्रतिनिधित्व हुने गरी ९ सदस्यी जिल्ला समिति गठन गरेको हो र जिल्ला समिति को बैठक बाट ५ सदस्य पछि थप गर्ने समेत निर्णय गरेको छ ।

उपभोक्ता महासंघ काभ्रेको उपाध्यक्षमा निर्मला गौतम , सचिवमा पदम तामाङ कोषाध्यक्षमा सुर्या गौतम र सदस्यहरु श्रीराम चौलागाईं , श्रवण चिमोरिया रन्जना गौतम ,बिवस लामा ,अर्पण लामा लगाएत लाई कार्यसमितिमा चयन गरेको छ । उपभोक्ता अधिकारको पक्षमा जनचेतना निर्माण तथा अनुगमनको लागि दवावमुलक कार्यक्रम गर्ने र उपभोग्य वस्तुको उचित किम्मत, स्तरीय वस्तु उपभोगका लागि बातावरण तयार गर्नु महासंघको मुख्य उदेश्य रहेको अध्यक्ष खरेलले बताउनु भएको छ ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *