जनमतपोष्ट, काठमाडौँ । चिकित्सा शिक्षा सम्बन्धि जाचबुझ आयोगले बर्खास्त सिफारिस गरिएका त्रि.बि. पदाधिकारीको राजीनामा माग गर्दै नयाँ शक्ति बिद्यार्थी युनियनले शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई ज्ञापनपत्र बुझएको हो । नयाँ शक्ति बिद्यार्थी युनियनको केन्द्रीय अध्यक्ष श्यामबाबु गौतमको नेतृत्व गएको टोलीले उपकुलपति डाक्टर तिर्थ खनियालाई नभेटेपछि त्रिपाठीलाई पत्र बुझाएको हो ।
अध्यक्ष गौतमले संगठनले भ्रष्टाचार बिरुद्दमा संलग्न व्यक्तिहरु तत्काल त्रि.बि. बाट राजीनामा दिई सहयोग गर्नुपर्ने बताएका थिए । शैक्षिक दलालहरुले मुलककै सबैभन्दा पुरानो शैक्षिक संस्था धराशायी बनाएको नयाँ शक्ति बिद्यार्थी युनियनले देख्न सक्दैन त्यसैले तपाईहरुले तत्काल राजिनामा दिई विश्वबिद्याललाई जोगाउन सहयोग गर्नुस् भन्दै त्रिपाठीलाई अपिल गरेका थिए ।
चिकित्सा शिक्षा सम्बन्धि जाचबुझ आयोगले आर्थिक प्रलोभनमा परि उपकुलपति, रजिष्ट्रार, रेक्टर सहित ४३ जनाले अनियमितता गरेको भन्दै हिजो उनीहरुले सरकारलाई प्रतिबेदन पेश गर्दै उनीहरुलाई बर्खास्तीको सिफारिस गरेको थियो ।
बिज्ञप्ति
तपाईको प्रतिक्रिया दिनुहोस् ।