JANAMATPOST.COM :: NEWS FOR ALL

नेपाल मगर संघ युएईद्वारा प्रथम सहिद लखन थापा स्मृति १४१ साथै ३६औ मगर दिवस मनाउदै।

अनुराग महतो, दुबईमा । नेपाल मगर संघ शाखा यु ए ई को आयोजनामा प्रथम लखन थापा स्मृति साथै ३६ अौ मगर दिवस तथा लांघाली सांस्कृतिक सांझ  २ मार्च  शुक्रबार दिन स्थानिय समय दिउसो २ बजे डुलस्को, हल, अलकुज,ग्र्यान्ड सिटि महलको पछाडि दुबईमा  मनाउने भएको छ।

नेपालबाट अतिथि कलाकार स्वरुप चर्चित लोक दोहोरी गायक प्रसाद खप्तरि मगर चर्चित ( Dj) डान्सर सुजता आले मगर, चर्चीत पप गाइका माया पुन मगर,  बेजोड धमाकेदार प्रस्तुति साथमा स्थानिय कलाकारहरुको बिजोड प्रस्तुति रहनेछ साथै मगर समुदायको मौलिक सांस्कृतिक भेष -भुषा गित संगित साथमा कौरा सालैजो झ्याउरे नाच गानहरु मनोरञ्जनात्मक बेजोड प्रस्तुति रहनेछ। नेपाल मगर संघ शाखा यु ए ई का सांस्कृतिक विभाग प्रमुख राजेन्द्र थापाले जानकारी दिनु भएको छ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *