JANAMATPOST.COM :: NEWS FOR ALL

फार्क समूहद्वारा कार्यालय स्थापना अभियान स्थगित

कोलम्विया, एएफपी । सुरक्षाको कारण देखाउँदै कोलम्वियाको पूर्व विद्रोही फार्क समूहद्वारा राजनीतिक कार्यालय स्थापना अभियानलाई शुक्रबार स्थगित गर्ने घोषणा गरेको छ ।

सन् १९६४ देखि छापामार युद्ध शुरु गरी आधा शताब्दीसम्म लडेको फार्क समूह सन् २०१६ को अन्त्यतिर सरकारसँग वार्तागरी शान्ति प्रक्रियामा आएको हो ।

“हामी खुला राजनीतिमा आएपछि करिब ४० जना पूर्व लडाकूको हत्या भएको र अब जबसम्म सरकारले राजनीतिक अभियानमा आउने अभियानमा सुरक्षाको प्रत्याभूत गर्न सक्दैन तवसम्म कार्यालय स्थापना प्रक्रियालाई रोक्ने निर्णय भएको छ,” फार्कको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार इमेल्दा दाजाले बताउनुभयो ।

फार्कका राष्ट्रपतिका उम्मेदवार रोड्रिगो लोण्डोनो तथा उक्त समूहका नेता तथा कार्यकर्तामाथि सुरक्षा चुनौति आएको भन्दै फार्कको पछिल्लो निर्णय आएको हो ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *