JANAMATPOST.COM :: NEWS FOR ALL

सिचाई सचिव यादवको आज अन्त्येष्टि

जीतपुर, कपिलवस्तु । कार दुर्घटनामा परी निधन भएका सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवको यहाँ आज अन्त्येष्टि गरिएको छ ।

काठमाडौँ फर्कने क्रममा शनिबार धादिङमा दुर्घटनामा परेका सचिव यादवको बहादुरगञ्जस्थित सुरही खोलामा दाहसंस्कार गरिएको हो । यादवलाई उहाँका दाजु छेदीप्रसादले दागबत्ती दिनुभएको थियो । यादवको सम्मानमा सशस्त्र प्रहरीले शोक सलामी अर्पण गरेको थियो ।

सचिव यादवको दाहसंस्कारमा सिँचाइमन्त्री सञ्जयकुमार गौतम, सिँचाई राज्यमन्त्री अमरसिंह पुन, सिँचाइ सहसचिव सागरकुमार राई, विभागका महानिर्देशक अशोक सिंह, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेललगायत सरकारी अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

सचिवसँगै दुर्घटनामा ज्यान गुमाएकी कृष्णनगर नगरपालिका बहादुरगञ्जकी १५ वर्षीया उन्नति गुप्ताको पनि आजै दाहसंस्कार गरिएको छ । सचिव यादव सवार बा२झ ३१४० नंको कार शनिबार धादिङको सलाङघाटबाट त्रिशूलीमा खसेको थियो । दुर्घटनामा परेका यादवका २२ वर्षीय छोरा सन्तोष अझै बेपत्ता हुनुहुन्छ ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *