JANAMATPOST.COM :: NEWS FOR ALL

अर्जुनबहादुर थापा प्रदेश ७ को सभामुख

धनगढी । प्रदेश नम्बर ७ को प्रदेशसभाको आज बसेको बैठकले बझाङबाट निर्वाचित नेकपा (एमाले)का सांसद अर्जुनबहादुर थापा प्रदेशसभाको सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ ।

प्रदेशसभाको पहिलो अधिवेशनको आज भएको दोस्रो दिनको बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएका ज्येष्ठ सांसद दिव्येश्वरी शाहले सांसद अर्जुनबहादुर थापालाई प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी एउटा मात्र प्रस्ताव प्राप्त हुन आएकाले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उहाँ प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।

ज्येष्ठ सदस्य शाहले सांसद थापा सभामुख पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा उहाँको सफल कार्यकालका लागि हार्दिक शुभकामनासहित बधाई दिनुभएको थियो ।

यसअघि बैठकमा सभामुखको अनुमति लिएर प्रस्तावक नेकपा (एमाले)का सांसद दीर्घबहादुर सोडारीले सांसद अर्जुनबहादुर थापालाई सभामुखमा निर्वाचित गरियोस् भनी दर्ता गराउनुभएको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावकले प्रस्ताव पेश गर्नु भएपछि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्टले समर्थन गर्नुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक २०७४ फागुन ६ गते दिउँसो १ः०० बजे सम्मका लागि स्थगित गरिएको छ ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *