JANAMATPOST.COM :: NEWS FOR ALL

म्यानमारका दुई जातीय समुहबीच युद्धविरामको सम्झौता

म्यानमार, एएफपी । म्यानमारका हतियारधारी दुई जातीय समुहकाबीचमा मङ्गलबार राष्ट्रिय युद्धविराम सम्झौतामा हस्ताक्षर भएको छ ।

यस युद्धविराम सम्झैताबाट लगातार झगडा गरिररहेका यी दुई समुह शान्ति प्रक्रियातर्फ लाग्ने सरकारको तर्फबाट आशा गरिएको छ ।

शान्ति सम्झौतासँगै दुवै पक्षको युद्ध सधैका लागि अन्त्य हुने म्यानमारको सरकारले विश्वास व्यक्त गरेको छ ।

द न्यु मोन स्टेट पार्टी (एनएमएसपी) नामक समुह र लाहु डेमोक्रयाटिक युनियन (एलडीयु) नामक अर्को समुहकाबीचमा युद्धबिरामको सम्झौता भएको जनाइएको छ ।

उनीहरुले राष्ट्रिय युद्धविराम सम्झौतापत्रमा मङ्गलबार राजधानीमा हस्ताक्षर गरेको सरकारी अधिकारीहरुले जनाएका छन ।

यस सम्झौताको क्रममा यसअघि आङ सान सुकीको कार्यलयमा युद्धविराम सम्झैता गरेका अन्य आठ नागरिक सेना समुहको पनि सहभागीता रहेको थियो ।

म्यानमारको, राखिन राज्यबाट झण्डै सात लाख रोहिङ्ग्या मुस्लिमहरु सैन्य हिंसाबाट विस्थापित भएर बङ्गलादेश जानु परेका कारण विश्वको ध्यान तानिएको यस अवस्थामा यी दुई जातीय समुहबीच युद्धबिरामको सम्झौता भएको छ ।

राखिन राज्यमा रोहिङ्ग्या मुस्लमान समुहसँग भएको द्वन्द्वबाहेक अरु दुई दर्जन भन्दा बढी द्वन्द्वहरु देशभरी भईरहेका छन । उनीहरुले दशकौंदेखि स्वायत्त राज्यको माग गर्दै संघर्ष गरिरहेका छन् ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *